२०८३ मङ्सिर १० गते बिहिवार

 हेभी गाडीका लागि अमिलिया– तुलसीपुर सडक बन्द 

फाइल फाेटाे

तुलसीपुर, १० असार । डिभिजन सडक कार्यालय दाङले हेभी सवारी साधनका लागि अमिलिया तुलसीपुर सडक खण्ड असार १७ गतेसम्म बन्द हुने जनाएको छ । भन्ज्याङ देखि बबईसम्मको सडकमा पहिलो चरणको प्राइम कोट लगाउने कार्य सम्पन्न भए पनि अस्फाल्ट कंक्रिट तथा कालोपत्रे गर्ने काम बाँकी रहेकाले ठूला हेभी मालबाहक सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न  भिजनले आग्रह गरेको छ ।  उक्त सडकमा चार पाङ्ग्रे बस, मिनी ट्रक, जिप र मोटरसाइकल भने असार ११ गते बिहान देखि सञ्चालन हुन पाउने डिभिजन प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिनुभयो । 

‘कालोपत्रे गर्ने कार्यलाई दिगो बनाउनका लागि हेभी सवारी साधन सञ्चालनमा रोक लगाउँदा  पर्न गएको असुविधा प्रति हामी क्षेमा प्रार्थी छौ । दिगो कार्यक्रम गर्नका लागि सम्बन्धित सबैले सहयोग गरेर नागरिकको कर्तव्य निर्वाह गरिदिनुहुन अनुरोध गर्दछौँ ।’ डिभिजन प्रमुख अधिकारीले भन्नुभयो । डिभिजनले घोराही लमही सडक खण्डलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न समेत अनुरोध गरेको छ । यस अघि डिभिजनले असार ८ गते देखि असार १० गतेसम्म सडक पूर्ण रुपमा बन्द गरेको थियो ।।

प्रकाशित मिति : २०८१ असार १० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।