२०८३ कार्तिक १२ गते बिहिवार

दाङमा दुईवटा बाइकलाई बसले ठक्कर दिँदा ३ जना घाइते 

तुलसीपुर, ६ जेठ । घोराही लमही सडकको मसोट नजिकै बसले २ वटा मोटरसाइकललाई एकैपटक ठक्कर दिँदा ३ जना घाइते भएका छन् ।  घाईते हुनेहरूमा बा. ८९ प. २४८६ नं.को मोटरसाइकल चालक  लमही नगरपालिका –४ निवासी ३४ वर्षका पुनिराम चौधरी, सोही मोटरसाइकलमा पछाडि सवार २६ वर्षका प्रवेश कुमार चौधरी र रा. ५ प. ९७६१ नं. को मोटरसाइकल चालक  सोही ठाउँ निवासी २१ वर्षका  पंकज चौधरी रहेका छन् ।

घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेका जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । ठक्कर दिने बस चालक फरार रहेका छन् । घोराहीबाट लमही तर्फ जादै गरेका मोटरसाईकललाई पछिपछि गइरहेको ना. ४ ख. ५५३५ नं. को बसले ठक्कर दिँदा दुबै मोटरसाईकल अगाडी रोकिएको रा. १ ख. १९१८ नं. को बसमा ठोकिन पुगेका थिए । घटना साझ ६ बजे भएकाे थियाे । 

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।