२०८३ मङ्सिर १० गते बिहिवार

टरिगाउँ एयरपोर्टको विस्तार हुन्छ : महासचिव पोखरेल

तुलसीपुर, ६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी आर्थिक वर्षदेखि टरिगाउँ एयरपोर्ट विस्तारको काम सुरु हुने बताउनुभएको छ । प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । तुलसीपुरको एयरपोर्ट विस्तारको काम अगाडि बढाउनुपर्छ भन्ने सुझाव वर्तमान सरकारलाई दिएकाले अबको नीति तथा  कार्यक्रम र बजेटमा यसले प्राथमिकता पाउने महासचिव पोखरेलले बताउनुभयो । काँग्रेस सत्तामा भएकै बेला आएको प्राविधिक टोलीले टरिगाउँ एयरपोर्ट भन्दा नारायणपुर उपयुक्त भन्ने रिपोर्ट दिएको महासचिव पोखरेलले बताउनुभयो ।

‘केपी ओली प्रधानमन्त्री हुँदा एयरपोर्ट विस्तारको योजना हामीले अघि सारेका थियो । नौ महिना पछि सरकार परिवर्तन भएर काँग्रेस सत्तामा गयो । कांग्रेसकै नेता पर्यटनमन्त्री थिए । त्यो कुरा तपाईँलाई पनि थाहा होला । त्यसबेला पठाएको प्राविधिक टोलीले टरिगाउँमा एयरपोर्ट बन्दैन भन्ने निष्कर्ष निकाल्यो र उसैले यो भन्दा नारायणपुर उपयुक्त छ भनेर प्रतिवेदन दिने काम ग¥यो ।

 त्यसैका आधारमा नारायणपुरमा अध्ययनको काम सुरु भयो । जसले गर्दा दाङ एक खालले भन्ने हो भने जनमतका हिसाबले विभाजनको अवस्थामा पुग्यो ।’ महासचिव पोखरेलले भन्नुभयो । एयरपोर्टको उत्तर दक्षिण १५ सय  मिटरको धावन मार्ग विस्तार गर्न सकिन्छ भन्ने तुलसीपुर उपमहानगरपालिकाले गरेको अध्ययनका आधारमा यस वर्ष बजेट पर्ने आगामी आर्थिक वर्षदेखि काम पनि सुरु हुने उहाँले बताउनुभयो । चौतारीका अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दिप्तीशीखा चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन कोषाध्यक्ष गोकर्ण पौडेलले गर्नुभएको थियो । 

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।