२०८३ कार्तिक ११ गते बुधवार

आज मदन आश्रित स्मृति दिवस मनाइँदै

तुलसीपुर, ३ जेठ । जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन्।

तत्कालीन नेकपा एमाले का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। सोही दिनको स्मरणमा नेकपा ९एमाले०ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ।

मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ। २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो।।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।