तुलसीपुर, ३० वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनमा अहिलेसमको मत परिनाम अनुसार नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार विनील केसी ८३ मतले लिड गर्नुभएको छ । सुरुमा संयुक्त प्यानलका ललितजंग शाहले झीनो मतको अन्तरले लिड गर्नुभएको थियो ।
बिहान साढे आठ बजेसम्म ९ सय मत गणना हुँदा विनिल केसी, ४८१, ललितजंग शाह ३९८ , उद्योग उपाध्यक्षमा हेमेन्द्र खडका, ३५० विश्व बस्नेत ४८३, वाणिज्य उपाध्यक्ष खुशलराम शर्मा ३६२ , नरेश राज भण्डारी ४६९ , खुल्ला उपाध्यक्ष देवबहादुर केसी, ४५५ डिल्लीबहादुर वली ३८८ , महासचिव केशवराज केसी, ४६० नरेन्द्र कुमार डाँगी ३७६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी कोषाध्यक्षमा रुपेशशर्मा ४८३ शेषकान्त ढकाल ३३०, सचिवमा नविन राइ ३१०, भुपालरावत २०१ खुल्ला सचिव चन्दन वली २५४, सहकोषाध्यक्षमा दिपेश भण्डारी ३६५, किशोर कुमारवली ३३४ मत प्राप्त गर्नुभएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।