तुलसीपुर, २८ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएको संयुक्त व्यवसायी प्यानलका उम्मेदवारहरुले बिहानै देखि व्यवसायीको पसल पसलमा पुगेर आफुहरुलाई भोट दिएर विजयी बनाउन आग्रह गरेका छन् । निर्वाचन कार्य तालिका अनुसार तुलसीपुर बजारका मुख्य भाग ‘क’ र ‘ख’लाइनमा उम्मेदवारहरु भोट माग्दै हिडेको निर्वाचन प्रचार प्रसार समितिका संयोजक मिनराज वलीले जानकारी दिनुभयो ।
हिजो बसपार्क, सल्यान रोड, सुर्खेत रोड, घोराही रोड लगायतका क्षेत्रमा घरदैलो अभियान गरिएको संयोजक वलीले जानकारी दिनुभयो । मतदाताहरु संयुक्त व्यवसायी प्यानलको समावेशी टिम प्रति उत्साहित भएको प्रचार प्रसार अभियानमा सरिक हुनुभएका निर्वाचन प्रचार प्रसार समिति सचिवालय सदस्य नारायण खनालले जानकारी दिनुभयो । ‘उम्मेदवारसंगै व्यसायीको पसल पसलमा पुगेका छौ । उहाँहरुको प्रतिकृयाले हामी पनि अत्यन्तै उत्साहित भएका छौ । निराशा हुने ठाउँ कतै छैन । हामी विजय उन्मुख दिसामा पुगेका छौ ।’ सचिवालय सदस्य खनालले भन्नुभयो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।