२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुर उद्योग वाणिज्य संघको २९ औँ बार्षिक साधारण सभा सम्पन्न

तुलसीपुर,१५ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघले आज २९ औँ बार्षिक साधारण सभा तथा १६ औँ अधिवेशन सम्पन्न गरेको छ । संघका अध्यक्ष राम प्रसाद चालिसेको अध्यक्षता तथा तुलसीप्ुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्न वक्ताहरुले आर्थिक मन्दीको प्रभाव व्यापार व्यवसायमा परेका कारण व्यवसायीहरुको संख्या घट्टै गइरहेको बताएका छन् । उनीहरु पलायन हुने तथा पेशा छोड्ने अवस्था रहेको भन्दै व्यवयासमा टिकाउने वातावरण निर्माण गर्न सरोकारवालाहरुको ध्यानाकर्षण समेत गराएका छन् । कार्यक्रमका विशिष्ट अथिति समेत रहनु भएका तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगर प्रमुख घनश्याम पाण्डेले कृषि र वनलाई पर्यटनसँग जोड्न सकेमा आर्थिक विकास गर्न सकिने बताउनु भयो ।

यस्तै तुलसीपुरको आर्थिक विकासका लागि यहाँ उपलव्ध रहेका सेवामा विस्तार, उद्योग विस्तार, शिक्षा, स्वास्थ्य, सुचना तथा प्रविधि, राजनितिक तथा प्रशासनिक सबै पक्षको विकास गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा तुलसीपुरमा गत माघ २४ गतेदेखि फागुन ८ गतेसम्म संचालन गरिएको तुलसीपुर महोत्सवबाट संकलन भएको रकमबाट राप्ती बहिरा संघमा १ लाख ११ हजारको अक्षयकोष निर्माण गर्ने, आचार्यकुलमको योग भवन निर्माणका लागि ५१ हजारको चेक हस्तान्तरण गरिएको छ । यस्तै मानव सेवा आश्रमको भवन निर्माणार्थ केही रकम सहयोग गर्ने, सचिवालय व्यवस्थापन, अरनिको मैदान व्यवस्थापन, विपत जोखिम व्यवस्थापनका लागि दमकल खरिद गरेमा तुलसीपुर संघकोे साझेदारी रहने अध्यक्ष चालिसेले जानकारी गराउनु भयो ।

तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरमा संचालनमा रहेकारेडियो प्रकृति एफएम सहित ४ वटा रेडियोलाई सम्मान गरेको छ । यस्तै पत्रकारिता क्षेत्रबाट व्यापार व्यवसाय तथा उद्योग वाणिज्य संघपैति योगदान पु¥याएको भन्दै कान्तिपुर दैनिक पत्रिकामा कार्यरत पत्रकार दुर्गालाल केसी, गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल र साक्षी खबर साप्ताहिक पत्रिकाका प्रधान सम्पादक सुनिल पोख्रेल मज्गैया र व्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो । उद्योग वाणिज्य संघका महासचिव विनिल केसी र सहकोषाध्यक्ष विमल गौतमले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।