तुलसीपुर, १३ वैशाख । चलचित्र पत्रकारिता सम्बन्धि कार्यशाला आज देखि दाङको तुलसीपुरमा सुरु भएको छ । “चलचित्र पत्रकारिताको मुल मर्म, ब्याबसायीक पत्रकारिताका लागि सन्चार कर्म” भन्ने मुल नाराका साथ सुरु भएको चलचित्र पत्रकारितो कार्यशालामा स्कृप्ट लेखन, कार्यशाला सिनेमा सम्वाद र अन्तरक्रिया कार्यक्रम हुने भएका छन् । चलचित्र पत्रकार संघ दाङको आयोजनामा भएको कार्यशालाको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले उनीहरुले साहित्य, पर्यटन र चलचित्र विच अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन् ।
उनीहरुले पर्यटन क्षेत्रको विकासमा चलचित्रको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । नेपालको पर्यटकीय क्षेत्र तथा चलचित्र लागि निर्माण गर्ने ठाउँ भनेर काठमाडौँ र पोखरालाई लिए जस्तै दाङलाई पनि बनाउनु पर्ने बताएका छन् । हिमाल पारीका जिल्ला भनेर चिनिने मनाङ र सुस्ताङका हिमाल चलचित्रमा नै देखिएर त्यहाँसम्म पुग्ने पर्यटकहरुको संख्या बढ्दै गएको बताउँदै पर्यटकीय क्षेत्रको विकास र विस्तारमा चलचित्रको अहम भूमिका रहेको बताएका हुन् । चलचित्र विना पर्यटकीय क्षेत्रको विकास हुुन नसक्ने उनीहरुको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले दाङ ऐतिहासिक सम्भावना बोकेको ठाउँ भएका कारण चलचित्रको छायाङ्कन तथा निर्मांण यहीँ गरेर चलचित्रको माध्यमबाट पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धन गर्न चलचित्रकर्मीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी नेपाल प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सविन प्रियासन, नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव सुलोचना गौतम, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी, बरिष्ठ चलचित्र पत्रकार शान्ति प्रिय, चलचित्र बोर्डका प्रबक्ता केएल बुढाथोकी, शान्ति नगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत लगायतले बोल्नु भएको थियो । संघका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिव पुन र सकजीकरण सचिव निरला अर्यालले गर्नु भएको थियो । कार्यशाला तीन दिनसम्म चल्ने छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।