ललितपुर, २४ चैत । हात्तीवनमा रहेको सोफा कारखाना सिक्मा मेटल इन्टक्समा आगलागी हुँदा एकजनाको ज्यान गएको छ । आगलागीमा परेर एक पुरुषको ज्यान गएको र मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिनुभयो ।
शव जलेको अवस्थामा फेला परेको र पोष्टमार्टमका लागि क्रिस्ट अस्पतालमा पठाइएको छ । ललितपुर महानगरपालिका–२३ हात्तीवनमा रहेको कारखानामा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । कारखानामा आज बिहान आगलागी भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।