२०८३ कार्तिक १२ गते बिहिवार

सोफा कारखानामा आगलागी हुँदा एकजनाको मृत्यु

ललितपुर, २४ चैत ।  हात्तीवनमा रहेको सोफा कारखाना सिक्मा मेटल इन्टक्समा आगलागी हुँदा एकजनाको ज्यान गएको छ । आगलागीमा परेर एक पुरुषको ज्यान गएको र मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिनुभयो ।

शव जलेको अवस्थामा फेला परेको र पोष्टमार्टमका लागि क्रिस्ट अस्पतालमा पठाइएको छ । ललितपुर महानगरपालिका–२३ हात्तीवनमा रहेको कारखानामा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । कारखानामा आज बिहान आगलागी भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।