काठमाण्डौ, १५ चैत । मुगुमा जीप दुर्घटना हुँदा दुईंजनाको मृत्यु भएको छ । मुगुका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाका अनुसार हिजो गमगढीबाट सोरुकोटका लागि छुटेको जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको हो ।
दुर्घटनामा परी अन्य चारजना घाइते भएको उहाँले बताउनुभयो । मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र परिचय नखुलेका एक महिला रहेको बताइएको छ । कच्ची र साँघुरो सडकबाट जीप खसेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।