२०८३ कार्तिक १२ गते बिहिवार

जीप दुर्घटनामा परी दुईजनाको मृत्यु

काठमाण्डौ, १५ चैत ।  मुगुमा जीप दुर्घटना हुँदा दुईंजनाको मृत्यु भएको छ । मुगुका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाका अनुसार हिजो गमगढीबाट सोरुकोटका लागि छुटेको जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको हो ।

दुर्घटनामा परी अन्य चारजना घाइते भएको उहाँले बताउनुभयो । मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र परिचय नखुलेका एक महिला रहेको बताइएको छ । कच्ची र साँघुरो सडकबाट जीप खसेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।