२०८३ कार्तिक ११ गते बुधवार

थारु समुदायमा ढुर्हेरी पुज्न सुरु

तुलसीपुर, १४ चैत । थारु समुदायले मनाउने ढुर्हेरी/फगुवा/फगुई पुज्न (पर्व) सुरु भएको छ । होलीपर्व सकिएको दोस्रो दिनदेखि अट्वारीसम्म मनाइने ढुरहेरी पर्व सुरु भएको हो । फागु पूर्णिमा अर्थात होलीको दिनदेखि नै यो पर्व सुरु हुने थारु बुद्धिजीवी तथा महटवा महासंघ दाङमा अध्यक्ष चन्द्र प्रसाद चौधरीले बताउनु भयो ।

उहाँका अनुसार फागु पूर्णिमाको दिन साँझ थारु समुदायका व्यक्तिहरु भुइँह्यार थानमा गएर सलाईको प्रयोग विना नै गन्यारी नामको काठबाट आगो बालेर रोटी पकाउने र भुइँह्यार थानमा रहेको देवतालाई पुज्ने गरिन्छ । त्यहीआगो गाउँका सबै जनाले ल्याएर सबै भन्दा पहिले आफ्नो कूल देवतालाई बत्ती बाल्ने चलन रहेको र त्यसको भोलीपल्टबाट थारु समुदायमा प्रत्येक घरमा ढुर्हेरी (फगुई ) पुज्न सुरु हुने गरेको चौधरीले बताउनुभयो ।

अट्वारी भन्दा पछि र होली भन्दा अगाडि अर्थात ढुर्हेरी पुजेपछि मात्रै फगुई पुज्न मिल्ने मान्यता समेत रहेको उहाँको भनाइ छ । आदिवासी थारु समुदायमा उनीहरुकै मौलिक परम्परा अनुसार ढुर्हेरीे मनाइन्छ ।।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।