२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुर उपमहानगरमा कडा स्वभावका हाकिम आउँदै 

तुलसीपुर, ९ चैत्र ।  तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा गेहेन्द्र बहादुर डाँगी आउन लागेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सरुवा गरेपछि हाल वीरेन्द्रनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत  डाँगी आउन लागेको तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक तथा ११ नम्बर वडा अध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो  । तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी सरुवा भएर लुम्बिनी प्रदेशको अर्थमन्त्रालयमा गएपछि उक्त पद रिक्त थियो । देशका दर्जनौ पालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्दै आउनुभएका डाँगी कडा स्वभावका मानिनुहुन्छ । डाँगीले म‌गलबारसम्म तुलसीपुर उपमहानगरपालिकामा हाजिर हुन आउने तयारी गर्नु भएकाे छ । 

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।