२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुरमा अटो व्यवस्थित गरिदै

तुलसीपुर, ६ चैत ।  दाङको तुलसीपुर उपमहानगरपालिकाभित्र सञ्चालमना रहेका अटो रिक्सालाई थप व्यवस्थित गरिने भएको छ । पालिकाका विभिन्न रुटहरुमा सञ्चालनमा आएका अटो रिक्सालाई पालिकाले व्यवस्थित गर्नका लागि सोमबार सरोकारवालाबीच छलफल गरेको छ । उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको हो । पालिकाले अटो रिक्सा व्यवस्थित गर्नका लागि कार्यविधि समेत तयार पारेको छ ।

अटोको भाडादरलाई परिमार्जन गर्ने, अटोको रुट कायम गर्ने र पालिकामा सूचीकरण विषयमा छलफल भएको थियो । त्यस्तै अन्तरपालिका अटो सञ्चालनका विषयमा समेत छलफल भएको छ । उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरण र शान्तिनगर गाउँपालिकाका जनप्रतिनिधि, यातायात व्यवस्था कार्यालय, इलाका प्रशासन, इलाका प्रहरी कार्यालय र अटो व्यवसायी प्रालिकाप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।।

प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।