२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुरमा एमालेका कार्यकर्ताको लिइयो परीक्षा

तुलसीपुर, ५ चैत्र । नेकपा एमालेले तुलसीपुरमा रहेका पार्टीका संठगित सदस्यहरूलाई परीक्षा गराएको छ । नेकपा एमाले र राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकारी लिनका लागि तुलसीपुरका १९ वटै वडामा परीक्षा गराएको परीक्षा अनुगमन समितिका सदस्य तथा नेकपा एमाले तुलसीपुर नगर इन्चार्ज मानबहादुर रावतले जानकारी दिनुभयो । नेकपा एमाले लुम्बिनी प्रदेश स्कुल विभागको  निर्देशनमा एमालेका सङ्गठित सदस्यहरूको परीक्षा गराइएको हो । उत्तर पुस्तिकालाई लाहाछाप लगाएर लुम्बिनी प्रदेश कमिटीमा पठाउने र त्यहाँबाट कापी जाँच गरेर पालिकामा पठाएपछि पास वा फेला भएकाहरूको जानकारी वडामा दिइने रावतले बताउनुभयो ।

परीक्षामा करिब २ हजार ५ सय जनाको सहभागिता रहेको थियो । नेकपा एमालेले आफ्ना कार्यकर्ताको आन्तरिक मूल्याङ्कनका लागि लिएको यो पहिलो परीक्षा हो । यदि कुनै पार्टीका सदस्य फेल भएमा उनीहरूको पहिचान गरेर थप प्रशिक्षण दिएर क्षमता अभिवृद्धि गरिने छ । परीक्षा दिउँसो १२ देखि एकबजे सम्म भएका थियो । प्रश्नपत्रमा नेकपा एमालेका स्थापना कहिले भएको थियो ? नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री को हुन ? आफ्नो गाउँ आफै बनाऔँ भन्ने नारा कुन प्रधानमन्त्रीको पालामा आएको थियो ? दासढुङ्गा हत्याकाण्ड कहिले भएको थियो ? लगायतका १५ वटा प्रश्न सोधिएको थियो । 

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।