२०८३ कार्तिक १२ गते बिहिवार

सामुदायिक वनमा लागेको आगो निभाउन खोज्दा जलेर बाबुछोरी गम्भिर घाइते

कालिकोट, ३ चैत ।  कालिकोटको खाँडाचक्र नगरपालिका–५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर दुई जना घाइते भएका छन् । गाउँ नजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन पुगेका स्थानीय नन्दराम चौंलागाईं र उहाँकी छोरी हेमन्ती जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो ।

चौलागाईंका बाबु–छोरी सामुदायिक वनमा बाख्रा चराउन गएका थिए । जिल्ला अस्पताल मान्ममा उपचारका लागि लगिएका नन्दरामको शरीर ६० प्रतिशत र हेमन्तीको ७० प्रतिशत भाग जलेको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । जिल्लामा प्राथमिक उपचारपछि थप उपचारका लागि स्वास्थ्यकर्मीसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको छ ।।

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।