कालिकोट, ३ चैत । कालिकोटको खाँडाचक्र नगरपालिका–५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर दुई जना घाइते भएका छन् । गाउँ नजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन पुगेका स्थानीय नन्दराम चौंलागाईं र उहाँकी छोरी हेमन्ती जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो ।
चौलागाईंका बाबु–छोरी सामुदायिक वनमा बाख्रा चराउन गएका थिए । जिल्ला अस्पताल मान्ममा उपचारका लागि लगिएका नन्दरामको शरीर ६० प्रतिशत र हेमन्तीको ७० प्रतिशत भाग जलेको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । जिल्लामा प्राथमिक उपचारपछि थप उपचारका लागि स्वास्थ्यकर्मीसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको छ ।।
प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।