२०८३ मङ्सिर १० गते बिहिवार

बालकको मृत्यु भएपछि घोराहीको बुद्ध हस्पिटल घेराउ 

घोराही, ३० फागनु ।  उपचारको क्रममा बालकको मृत्यु भएपछि दाङको घोराहीमा रहेको बुद्ध इनटरनेशनल हस्पिटललाई पीडीत पक्षले घेराउ गरेका छन् ।  राजपुर गाउँपालिका–१ पटौली नाकाका ९ वर्षीय सुरेश कुँवरको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले ज्यानको बदला ज्यान लिने भन्दै तोडफोड र आक्रमणको प्रयास गरेको प्रहरीले जनाएको छ । मृतकका आफन्तहरु आएर तोडफोड र आक्रमणको प्रयास गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटेको प्रहरीले टोलीले बुद्ध हस्पिटलमा कडा सुरक्षा पहरा दिएको छ ।

पीडीत पक्षले अहिले पनि हस्पिटल नजिकै नाराबाजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । सम्भावित घटना हुननदिन प्रहरीले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेपनि पीडित पक्षले अहिले राति साढे ८ बजेसम्म पनि हस्पिटल नजिकै विभिन्न चर्को नाराबाजी गरिरहेको डीएसपी मल्लले जानकारी दिनुभयो । बिहान ११ बजेदेखि हस्पिटल तनाव ग्रस्त छ ।

घाँटीको समस्या देखेर आफन्तले कुँवरलाई बुधबार बिहान अस्पतालमा पु¥याएका थिए । घाँटीको दुईतिर दाना जस्ता गोला मासुहरू देखिएपछि बालक अभिभावकसँग हिडेर अस्पताल पुगेका थिए । अस्पतालका डाक्टरले घाँटीमा पिप जमेको र सुइँबाट तान्नुपर्ने भन्दै भित्र लगेको केहि समय नबित्दै  डाक्टरको लापरबाहीका कारण बालकको नाक तथा मुखबाट रगत बगेर मृत्यु भएको आफन्तले जानकारी दिए । समस्या समाधानका लागि कुनै छलफल र तयारी नभएको प्रहरीले बताएको छ । यस अघि पनि बुद्ध हस्पिटलमा एपेन्डिक्सको अप्रेसन गर्दा आन्द्रा काटिएको भन्दै आफन्तले तोडफोड र आक्रमणको प्रयास गरेका थिए । बुद्ध हस्पिटल यस्तै कारणले बेला बेलामा चर्चामा आउने गरेको छ ।।

 

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।