२०८३ कार्तिक ११ गते बुधवार

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट ७ महिनामा झण्डै डेढ हजारले लिए प्रसुती सेवा

तुलसीपुर, २७ फागुन । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट ७ महिनामा १ हजार ३ सय ८५ जनाले प्रसुती सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा अस्पतालमा उपलव्ध रहेको प्रसुती सेवा अन्र्गत रहेर प्रसुती सेवा लिएका हुन् ।

सामान्य प्रसुति सेवा मार्फत १ हजार ८ जना, शल्यक्रिया मार्फत २ सय ६७ जना र भ्याकुम फोरसेपमार्फत ३७ जनाले सुत्केरी सेवा लिएको अस्पतालका सुचना अधिकारी भूषण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०७९÷२०८० मा २ हजार ७ सय २१ जनाले सुत्केरी सेवा लिएका थिए । यस्तै आर्थिक वर्ष २०७८÷२०७९ मा २ हजार ८ सय ८३ र आर्थिक वर्ष २०७७÷२०७८ मा ३ हजार ९ सय १९ जनाले अस्पतालमा आएर सुत्केरी सेवा लिएका थिए ।।

प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।