रोल्पा, २६ फागुन । रोल्पामा १३ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रून्टीगढी गाउँपालिका १ लापल निवासी २६ वर्षीय तुल बहादुर भनेर चिनिने आकाश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
उनले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।।
प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।