काठमाडौँ, २२ फागुन । मोरङको पथरी शनिश्चरे नगरपालिका–७ मा १५ वर्षीया किशोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धिरेन खाँ चौधरी रहेको प्रहरीले जनाएको छ । गए राति धारिलो हतियार प्रयोग गरेर १५ वर्षीया ज्ञानुमती राईको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
पक्राउ गरिएका आरोपी किशोरीका प्रेमी भएको बताइएको छ । खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ घर भएकी ज्ञानुमती दुई वर्षदेखि दाइ नाता पर्नेको घरमा बसेर पञ्चायत माविमा ७ कक्षामा पढ्दै आएकी थिइन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।