काठमाण्डौ, २२ फागुन । मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ । खोटाङकी १५ वर्षीया संजना भनिने ज्ञानकुमारी राईको हत्या गरिएको छ । स्थानीयबासीका अनुसार शनिश्चरे–१ मा रहेको पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत किशोरी मामाघरमा बस्दै आएकी थिइन् ।
गएराति शौचालय जाने क्रममा उनको हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् । राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई नचिनेका व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताउनुभयो । घटनाबारे इलाका प्रहरी कार्यालय पथरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।