२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुरमा उइङ्गरबाट खसेर एक युवती गम्भिर घाइते

तुलसीपुर, २१ फागुन ।  दाङको तुलसीपुरमा उइङ्गरबाट खसेर एक युवती गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर ८ वेलुवा निवासी २७ वर्षीया खिमा रोका मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार तुलसीपुर १३ बखरिया स्थित तुलसीपुरबाट नेपालगञ्जतर्फ जादै गरेको भे १ ज ७५४ नम्बरको उइङ्गरको ढोका एक्कासी खुल्दा रोकामगर खस्नुभएको हो ।

उइङ्गरबाट खसेर गम्भिर घाइते भएकी उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सामान्य उपचारपछी थप उपचारका लागी बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।