२०८३ मङ्सिर १० गते बिहिवार

शीतलपुरबाट ५० हजार घनमिटर गिट्टी, बालुवा रातारात गायव

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ शीतलपुरमा घाटगद्दी गरी राखिएको ५० हजार घनमिटर नदीजन्य पदार्थ गायव गरिएको छ । उपमहानगरअन्तर्गत लेखा समितिले भर्खरै सम्पन्न उपमहानगरको १४ औं नगरसभामा पेश गरेको प्रतिवेदनमा घाटगद्दीबाटै ठूलो परिमाणको नदीजन्य पदार्थ गायव भएको वा बिक्री भएको भए त्यसको राजश्व देखाउन भनेपछि घटनाको रहस्य बाहिरिएको हो । लेखा समितिले नदीजन्य पदार्थको हिनामिनाको आशंका गर्दै प्रश्न उठाएपछि उपमहानगरपालिकाका विषयगत शाखाले नदीजन्य पदार्थ घाटगद्दीमा रहेको वा बिक्री भएको भए राजश्व लिएको भन्ने कुनै प्रमाण दिन नसकेपछि नदीजन्य वस्तुमा घोटाला भएको पाइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको १४ औं नगरसभामा लेखा समितिले प्रस्तुत गरेको प्रतिवेदनको १४ नं. बुँदामा भनिएको– तुलसीपुरको शीतलपुरमा घाटगद्दी गरिएको ५० हजार घनमिटर गिट्टी, बालुवा जो २०८० वैशाखमा अख्तियारको रोहवरमा स्टक प्रमाणित गरिएको थियो, त्यो गिट्टी बालुवा के कस्तो अवस्थामा छ ?  बिक्री भएको भए त्यसको राजस्व वापतको रकम र बिक्री नभएको भए सो परिमाणको गिट्टी बालुवा कुन अवस्थामा छ ?  सो को विवरण मागी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन सुझाव पेश गर्दछु ।

यसको आधिकारिक जवाफ दिने राजश्व शाखाले हो । प्रतिवेदनमा उल्लेख भएअनुसार तत्कालीन समयमा राजश्व शाखा प्रमुख ललित घर्ती हुनुहुथ्यो तर यो विषयमा आफू जानकार नभएको उहाँ बताउनुहुन्छ । लेखा समितिका संयोजक घनश्याम ढकाल ‘५० हजार घनमिटर नदी जन्य पदार्थ उत्खनन भएको र मिलेमतोमा त्यसलाई लुकाउन खोजिएको बताउनुभयो । प्राकृतिक स्रोत साधन अनुगमन समिति बेलाबखतमा विवादित पनि बनेको छ । समितिका संयोजक शंकर खड्काले भने ५० हजार घनमिटर गिट्टी, बालुवाको विषयमा जानकार नभएको बताउनुभयो भन्दै नयाँ युगबोधमा एकराज भण्डारीले लेख्नु भएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।