२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा एकजना गम्भिर घाइते

तुलसीपुर,  ८ फागुन ।  दाङको तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुदा एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर १८ का ३० वर्षीय अर्जुन खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । प्रहरीका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३७२८ नम्बरको मोटरसाइकल तुलसीपुर १८ को डाँडागाउ नजिकै आज आफै अनियन्त्रि भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेको टाउको, बाँया खुट्टा र ढाडमा चोट लागेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।