२०८३ मङ्सिर १० गते बिहिवार

फुलबारी गाउँपञ्चायतको जग्गा १३ नम्बर वडाकाे नाममा

तुलसीपुर, ८ फागुन । तुलसीपुर उपमहानगरपालिका– १३ नम्बर वडाले ९ कठ्ठा १२ धुर जग्गा आफ्नो नाममा ल्याएको छ । वडाको सक्रीयतामा विभिन्न प्रकृया पु¥याएर फुबारी गाउँपञ्चायतको नाममा रहेको जग्गा १३ नम्बर वडाको नाममा ल्याएको अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । वडाको नाममा जग्गा आएसंगै भौतिक संरचना निर्माण र अन्य कामम सहजता भएको अध्यक्ष पौडेलले बताउनुभयो । २०२८ सालदेखि हालसम्म विभिन्न जनप्रतिनिधि आए पनि गर्न नसकेको काम आफु आएर गाउँपञ्चायत हुँदै गाविसबाट वडाको नाममा जग्गा ल्याएको अध्यक्ष पौडेलले बताउनुभयो ।

‘धेरै जनप्रतिनिधि आए । तर जग्गाको खोजी कसैले गरेनन् । जग्गा गौचरणमा परिनत भयो । हामी आएपछि जग्गा खोज्दै जाँदा तत्कालि फुलबारी गाउँपञ्चायतको नाममा रहेछ । लाजपुर्जा पनि थिएन । फिल्ड बुकमा मात्रै रहेछ । धेरै प्रयास गरेर वडाको नाममा ल्याउन प्रयास गरियो ।’ अध्यक्ष पौडेलले बताउनुभयो । वडा अध्यक्ष पौडेल आएसंगै अहिले उक्त खाली जमीनलाई पर्खाल लगाएर संरक्षण गरिएको छ भने वडा भवन समेत निर्माण गरेर नियमित कामकाज समेत संचालन भइरहेको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।