काठमाडौं, ७ फागुन । प्रहरीमा जागिर लगाइदिने भनेर युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवा रहेको प्रहरीले जनाएको छ । पिडितको उजुरीका आधारमा प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरी वृत्त, जनसेवामा दर्ता भएको जाहेरी अनुसार, जाजरकोट घर भएकी पीडितसँग उनको एक महिनाअघि फेसबुकमार्फत चिनजान भएको थियो । त्यसक्रममा युवतीले आफूले प्रहरीमा जागिर खाने तयारी गरिरहेको बताएपछि उनले बारम्बार फोन सम्पर्क गरेर मेरो ठूला ठूला व्यक्तीसँग चिनजान छ भन्दै प्रहरीमा जागिर लगाइदिने आस्वासन दिएका थिए ।
त्यही प्रलोभनमा परेर माघ ७ गते पराह्न साढे ३ बजेतिर रत्नपार्कमा भेट्न गएको अवस्थामा गेष्ट हाउसमा लगेर बलात्कार गरेको पिडितको भनाई छ । घटनाबारे अनुसन्धान सकेर प्रहरीले जबर्जस्ती करणीको कसूरमा तिरुवाविरुद्ध सजायको माग गर्दै रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । त्यही प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा आइतबार मुद्दा दर्ता भएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।