राज्यले गर्न नसकेका कुरामा निष्पक्ष रुपमा ध्यानाकर्ष गराउनुपर्ने र राज्यका कुरा जनता समक्ष ल्याउनुपर्ने पुलको काम पत्रकारले गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको अध्यक्षता समेत गर्नु ग्रहण भएका नारायणी रजौरेले राससको कार्यलय नेपालगंज, बुटवलमा पनि रहेको जानकारी जगाउँदै देउखुरीबाट आफ्नो सेवाहरु सुचारु गर्न नपाएको बताउनुभयो ।
भवन बनाउने तयारीमा रहेको र सञ्चार उपकरणको आवश्यक रहेकाले यस तर्फ विशेष ध्यान दिनुपर्ने अर्थमन्त्री मास्की समक्ष उहाँले बताउनुभयो । त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले पत्रकारहरु जहिलेपनि कसैको धम्की तथा डर त्रासमा नरहि निष्पक्ष ढङ्गले अगाडि बढ्नुपर्ने र यसको लागि आवश्यक सहयोग उद्योग वाणिज्यको संघको तर्फबाट गर्ने बताउनुभयो ।
त्यस्तै सुरेस हमालले पत्रकारलाइ पारिश्रमिक उचित किसिमको नभएकोले यसको लागि आवश्यक आवाज उठाउनुपर्ने बताउनुभयो । पत्रकार निकै कमजोर अवस्थाबाट गुज्रीरहेको कुरामा जोड दिदै सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । नारायणी रजौरेको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण दिपक बोहोराले गर्नुभएको थियो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।