२०८३ कार्तिक १२ गते बिहिवार

बस दुर्घटना हुदा १० जनाको मृत्यु, ३० जना घाइते

कपिलवस्तु, ३ फागुन ।  कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने कम्तीमा ३० जना घाइते भएका छन् । मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं जादै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस शिवराज नगरपालिका–१ सुरही पुलनजिकैबाटोबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ । अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।