२०८३ कार्तिक १२ गते बिहिवार

दाङको दंगीशरणमा मोटरसाइकल र स्कुटी ठोक्किदा दुईजना घाइते

तुलसीपुर, १ फागुन ।  दाङको दंगीशरणमा मोटरसाइकल र स्कुटी ठोक्किदा दुईजना घाइते भएका छन् । तुलसीपुरबाट हापुरे तर्फ जादै गरेको रा २ प ७७१७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा ७ प ९०६२ नम्बरको स्कुटी आज दिउँसो दंगीशरण ५ को हेकुली चोक नजिकै ठोक्किदा दुबै सवारी चालक घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर १२ का ३० वर्षीय सितल चन्द र स्कुटी चालक शान्तिनगर गाउँपालिका २ निवासी २७ वर्षीया कल्पना खड्का रहको प्रहरीले जनाएको छ । घाइते दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।