२०८३ कार्तिक १२ गते बिहिवार

चौथो तलाबाट हाम फालेकी महिलासहित दुई बच्चाको मृत्यु

काठमाण्डौ, २८ माघ ।  ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा आमा र दुई जना बच्चाको ज्यान गएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घरबाट हाम फालेकी ३६ वर्षकी रविना महर्जनको उपचारका क्रममा किष्ट अस्पतालमा गएराति ज्यान गएको हो । त्यस्तै घरको बन्द कोठामा अचेत अवस्थामा भेटिएका ६ वर्षका अस्वेत र २ वर्षकी रिबाको हिजो बेलुका ज्यान गएको प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

आमा रविनाले घरको चौथो तलाबाट हाम फालेको र घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो । आमाले घरबाट हामफाले पछि अनुसन्धान गर्दा बच्चाहरु अचेत भेटिएका थिए । के कारणले घटना भएको बारे खुलिनसकेको र थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।