२०८३ मङ्सिर १० गते बिहिवार

बैंक र बिमाले आतंक मच्चाएका छन् : सुरकृष्ण वैद्य

तुलसीपुर,२४ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण वैद्यले बैंकर बिमाले आतंक मच्चाइएको बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि तुलसीपुरमा भएको महोत्सवको उदघाटन गर्दै उपाध्यक्ष वैद्यले नेपालबाट आतंकवाद हटेको वर्षौ भएपनि नेपालका बैंकहरुले बिमा कम्पनीलाई प्रयोग गरेर व्यसायीक ऋणको बिमा गर्दा आतङ्कवादको  सुरुवाती चरण जस्तो ट्रेन ल्याएको बताउनुभयो । छिमेकी भारत भन्दा नेपालको बिमा ४० प्रतिशतले महँगो भएको बताउँदै यसको विरुद्धमा आन्दोलन गर्ने वैद्यले बताउनुभयो ।

निक्षेपमा बैंकको व्याज घटे पनि ऋणमा नघटेको बताउँदै उपाध्यक्ष वैद्यले अहिले पनि उद्योगी व्यवसायी डर र त्रासमा व्यापार व्यवसाय गर्न बाध्य भएको बताउनुभयो । बैकको आफ्नो स्पष्ट नीति नभएका कारण गभर्नरले आफू अनुकुल लाद्ने कानुनका कारण व्यवसायीहरू उठिवास हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।
महोत्सव मूल आयोजक समितिका संयोजक रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खडका, पूर्व मेयर घनश्याम पाण्डे, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, दंगीशरण गाउँपालिकाका अध्यक्ष सम्भु गिरी, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती लगायतले बोल्नु भएको थियो । कार्यक्रमको उद्घाटन पूर्व तुलसीपुरको बसपार्कबाट विभिन्न झाँकीजुलुस र भेषभुषा सहित सुरु भएको ¥यालीले बजारका विभिन्न भाग परिक्रमा गरेको थियो । 

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।