२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुर महोत्सव २०८० को सम्पूर्ण तयारी पुरा

तुलसीपुर, २३ माघ । तुलसीपुर उद्योग वाणिज्य संघले लगाउन लागेको तुलसीपुर महोत्सव २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । भोलीदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो । महोत्सवबाट संकलित रकमबाट दोघरेमा अधुरो रहेको सभाहललाई पूर्णता दिने, अरनिको मैदानलाई विस्तार गर्ने, आचार्य कुलमले निर्माण गर्ने भवनका लागि आर्थिक सहयोग गर्ने, राप्ती बहिरा सङ्घमा अक्षयकोष निर्माण गर्ने महोत्सव मुल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे बताउनुभयो ।

यस्तै स्थानिय सरकारसँग समन्वय गरेर तुलसीपुरमा लिफ्ट सहितको दमकल खरिद गर्नका लागि ५ देखि १० लाख लगानी लगाउने योजना रहेको समेत उहाँले बताउनु भयो । तुलसीपुर आगलागीको जाेखिम रहेकाले आगलागीबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनिकरण गर्ने उद्देश्यले महोत्सवबाट संकलित रकम उक्त दमकल खरिदमा लगानी लगाउने उहाँँको भनाई थियो । विहान ११ वजे देखि ¥याली तथा शोभायात्राले निकाल्ने र दिउँसो १ वजे महोत्सवको उद्घाटन हुनेछ । महोत्सवमा स्थानीय कला, संस्कृति, कृषि र हस्तकलाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिने आयोजकले बताएको छ । उक्त महोत्सव १ लाख भन्दा धेरैले अवलोकन गर्ने लक्ष्य रहेको समेत पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो । मेला अवलोकनका लागि ६८ वर्षभन्दा माथिका जेष्ठ नागरिक, अपांग, अशक्तलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था रहेको जानरकारी गराइएको थियो ।। पत्रकार सम्मेलनको वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले सहजीकरण गर्नुभएको हो ।।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।