२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा निशुल्क थर्मल थेरापी पद्धतिबाट उपचार पाएपछि नागरिकहरु खुशी

तुलसीपुर, १७ माघ । दाङको तुलसीपुरमा ५ वर्षदेखि सेराजेम मेसिन (थर्मल थेरापी) पद्धतिबाट निशुल्क रुपमा थेरापी सेवा प्रदान हुँदै आएको छ । मानव स्वास्थ्य जीवनको आजीवन निशुल्क रुपमा वैज्ञानिक तथा प्रमाणित तापिय उपचार विधिको प्रयोग गरी निकै सरल तरिकाबाट हरेक रोगको समस्या समाधान गर्ने उद्देश्यले प्राकृतिक तरिकाबाट रेखदेख कोरियन थर्मल थेरापी मेसिनबाट थेरापी सेवा दिइदै आइएको छ । दाङ लयागत देशभरमा विभिन्न जिल्लामा गरी ३८ वटा सेराजेम थेरापी सेन्टरबाट यो सेवा निशुल्क रुपमा प्रदान भइरहेको छ । उक्त थेरापी सेन्टरबाट निशुल्क रुपमा थेरापीबाट उपचार सेवा लिन थालेपछि कतिपयले नयाँ जीवन पाएका छन् भने कतिपयको स्वाथ्यमा सुधार हुँदै गएको छ । तुलसीपुर उपमहानगरपालिका ६ बनकट्टाकी शुशीला डाँगीले तुलसीपुरमा रहेको निर्दिप केएर प्रालिमा गएर निशुल्क रुपमा थेरापी गराउन थालेपछि नयाँ जीवन पाउनु भएको छ । उहाँले विगत २ वर्षदेखि थर्मल थेरापी पद्धतिबाट थेरापी गराउँदै आउनुभएको छ । दाङ लगायत देशका विभिन्न स्थानमा रहेका अस्पतालमा उपचार गराउँदा गराउँदै थाकेर निराश भएर घरमा फर्किएकी शुशीलाले थर्मल थेरापी पद्धतिबाट उपचार हुन्छ भन्ने कुराको जानकारी पाएपछि बाँच्ने आश संगालेर निर्दिप केएर प्रालिमा थेरापीका लागि जानुभयो । शुशीला मात्रै होइन तुलसीपुर उपमहानगरपालिका ५ प्रगति टोलकी सीता विक पनि थर्मल थेरापी पद्धतिबाट निशुल्क रुपमा थेरापी सेवा लिएपछि पुर्नजीवन पाउनुभएको छ । उहाँको एउटा मृगौलाले काम गर्दैन । ड्यामेज भएको मृगौला फेर्नका लागि रकम धेरै लाग्ने भएपछि खर्च जुटाउन नसकेर अस्पताल पुगेकी सीतालाई घरमा फर्केर मृगौलाको चिन्ताले मानसिक रोगले पनि च्याप्न थाल्यो । त्यसपछि उहाँको टाउको र आँखामा पनि समस्या आयो । ‘उपचार गर्दागर्दा ९ लाख रुपैयाँ सकियो तर मलाई कहिल्यै निको भएन’ उहाँले भन्नुभयो । उहाँका पहिले काम नगर्ने अंगले थेरापी गराएपछि काम गर्न थालेका छन् ।

नेपालमा विक्रम सम्वत २०६९ साल जेष्ठ ३१ गतेबाट संचालनमा ल्याएको रारा सुर्खेत केयर टे«ड प्रालिद्धारा संचालन भइरहेको र तुलसीपुरमा निर्दिप केयर प्रालिको नामबाट थेरापी सेन्टर संचालन भएरहेको सेन्टरका प्रमुख रमेश शाहीले बताउनुभयो । प्राकृतिक तरिकाबाट रेखदेख कोरियन थर्मल थेरापी मेसिनबाट थेरापी गर्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार थेरापी सेन्टरमा अहिने दैनिक २ सय भन्दा धेरैले थेरापी सेवा लिइरहेका छन् । मानिसहरुको टाउकोदेखि खुट्टासम्म हुने हरेक रोगहरुको निदानका लागि थेरापी सेवा उपलव्ध रहेको उहाँले बताउनुभयो । मुटुको नली फेरेको, स्पाइनमा रड राखेको, गर्भवती महिला, अत्यधिक ज्वरो आएको व्यक्ति र लागु पदार्थ सेवन तथा जाँडरक्सी खाएको व्यक्ति लाई बाहेक अन्य सबै रोगको थेरापीबाट उपचार गरिने प्रमुख शाहीको भनाइ छ । यस सेन्टरको मुख्य कार्यालय दक्षिण कोरियामा रहेको छ भने कर्पोरेट कार्यालय अमेरिकामा रहेको शाहीले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।