२०८३ कार्तिक ११ गते बुधवार

अश्वारामा सञ्चालित ज्ञान महायज्ञमा २० लाख बचत 

तुलसीपुर, १६ माघ । अश्वारामा सञ्चालन भएको श्रीमदभागवत् ज्ञान महायज्ञमा २० लाख बढी आर्थिक रकम बचत भएको छ । महायज्ञमा संकलन भएको ३२ लाख ८१ हजार ५ सय ८ रुपैयाँ मध्य सबै खर्च कटाएर २० लाख ५३ हजार २३ रुपैयाँ बचत भएको श्रीमदभागवत् ज्ञान महायज्ञ आर्थिक समितिका संयोजक शेषमणी शर्माले जानकारी दिनुभयो । ज्ञान महायज्ञमा नगद दानबाट २५ लाख ३० हजार ७ सय ३७, कलशबाट ३ लाख ५५ हजार ३ सय, दानपात्रबाट ९६ हजार ३ सय १०, तुलादानबाट ३९ हजार ८ सय ३०, शालिग्रामबाट ५६ हजार २ सय २६, धान्याञ्चलबाट एक लाख ५३ हजार ६ सय, जिन्सी चामलबाट ८२ हजार ७ सय २०, जिन्सी नुनबाट १ एक हजार ४ सय, दाउराबाट ५ हजार २ सय ५०, गौशालाबाट ८ हजार ३५, र व्रतबन्धबाट एक हजार रुपैयाँ संकलन भएको थियो ।

त्यसैगरी खर्चतर्फ पण्डाल व्यवस्थापन, पण्डित तथा वाद्यवादन, छपाई, रामनामी, प्रमाणपत्र, प्रचारप्रसार, सञ्चार लगायतका विभिन्न शीर्षकमा १२ लाख २८ हजार  चार सय पचासी रुपैयाँ खर्च भएको संयोजक शर्माले बताउनुभयो । धार्मिक पर्यटकीय क्षेत्रको विकास तथा विशाल शालिग्राम निर्माणार्थ मंसिर २५ देखि पुस ३ गतेसम्म तुलसीपुर–८ अश्वाराको हरियाली पार्कमा श्रीमदभागवत् ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो ।।

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।