भालुवाङ, ६ माघ । लुम्बिनी प्रदेश सरकारले माघ मिलन कार्यक्रम सम्पन्न गरेको छ।लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा गृहमन्त्रालयले एक भव्य कार्यक्रम गरेर माघ मिलन कार्यक्रम गरेको हो ।गृहमन्त्री सन्तोष कुमार पाण्डेको अध्यक्षता एवम् मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री चौधरीले संघीयताको मर्म भनेकै कला संस्कृतिको पहिचान र संरक्षण रहेको बताउनु भएको छ । उहाँले माघ थारुहरुको नयाँ वर्ष भएको र यसले मेलमिलापको सन्देश समेत दिने बताउनुभयो । यसका साथै उहाँले संघीयता कार्यान्वयनलाई नयाँ उचाईमा पु¥याउन प्रदेशबाट त्यसको सुरुवात भएको पनि बताए।प्रदेशलाई अधिकार दिन केन्द्र सरकार तयार हुनुपर्ने बताउनुभयो । ‘संघीयता कार्यान्वयनको लागि अधिकार दिन कन्जुस्याइँ गरिनु हुँदैन ।केन्द्र सरकारले अधिकार प्रत्यायोजन गर्नै पर्छ,’ उहाँले भन्नुभयो,‘संघीयतामा विकासको प्रतिस्पर्धा हुनुपर्छ। हामी विकासमा प्रतिस्पर्धा गर्न तयार छौँ।’प्रदेश गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सभामुख तुलाराम घर्ती मगर, निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता लिला गिरीलगायत मन्त्री, प्रदेश सभा सदस्य, सुरक्षा अधिकारीहरु तथा सरोकार राख्ने निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो। माघ मिलन कार्यक्रमलाई उत्सवमय बनाउन थारु, मगर समुदायको झाँकी प्रस्तुत गरिएको थियो ।
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।