२०८३ कार्तिक १२ गते बिहिवार

रोल्पामा एक महिलालाइ बलात्कार गर्ने ६१ वर्षीय बृद्ध पक्राउ

रोल्पा, १ माघ ।  रोल्पामा बलात्कार आरोपमा एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा सुनछहरी गाउँपालिका–६ गामखोले ६१ वर्षीय कविराम पुन मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई आइतबार दिउँसो पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।