तुलसीपुर, २३ पुस । दाङको तुलसीपुरमा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ सन्चालन हुने भएको छ । मानवसेवा आश्रमको मानवीय स्मारक भवन निर्माणका लागि महायज्ञ लगाउन लागिएको हो । सहयोगापेक्षी सडक आश्रीत मानव र कष्टकर जीवन बिताइरहेका व्यक्तिहरुका लागि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ लगाउन लागिएको महायज्ञ मुल आयोजक समितीले आज पत्रकार सम्मेलन मार्फत जनाएको छ । ‘मानवताको कुनै सिमा हुदैन’ भन्ने मुल भावनाका साथ महायज्ञ सन्चालन गर्न लागिएको मुल आयोजक समितिले बताएको छ । आज सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै महायज्ञ सन्चालनको बारे जानकारी गराइएको हो । महायज्ञ आउदो माघ १३ गतेदेखि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनिको मैदानमा हुने मुल आयोजक समितीका संयोजक डिल्ली बहादुर बस्नेतले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका–४ स्थित कालिकामालिका मन्दीर ब्यबस्थापन समितिले १ विगाह २ कठ्ठा जमिन प्राप्त भएको र सो स्थानमा मानव सेवा आश्रमको मानवीय स्मारक निर्माणका लागि महायज्ञ लगाउन लागिएको उहाँले बताउनुभयो । मानवीय स्मारक निर्माणका लागि करिब १५ करोडको लागत अनुमान गरिएको र महायज्ञबाट ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको मानवसेवा आश्रमका केन्द्रिय महासचिव शुशिला केसिले बताउनु भयो । उहाँका अनुसार दाङ जिल्लालाई महायज्ञसंग जोड्ने उदेश्य सहित तुलसीपुर, घोराही, लमही, भालुवाङ लगायतका क्षेत्रमा क्षेत्रगत ९ जना सह–संयोजकहरु मनोनयन समेत गरिएको छ । महायज्ञ सन्चालन गर्नुपुर्व माघ ७ गते मानवसेवा आश्रमको मानवीय स्मारकको शिलान्यास हुने भएको छ । उक्त स्मारकको शिलान्यास लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्किले गर्ने कार्यक्रम तय भएको छ । यसैगरी महायज्ञको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । तुलसीपुर उपमहानगरपालिका –६ स्थित गाइडहरमा अवस्थित मानव सेवा आश्रममा हाल ७५ जना आश्रीत छन् । स्थापनाकाल देखि अहिलेसम्म ४३ जनाको पारिवारिक पुनर्मिलन भएको छ भने १९ जनाको आश्रममै निधन भएको उमहासचिव केसीले जानकारी दिनुभयो । श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रसार उपसिमितिका संयोजक सुशील बस्नेतले गर्नु भएको थियो ।।
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।