२०८३ कार्तिक ११ गते बुधवार

सगरमाथा स्कुलका विद्यार्थी फिल्डमा गएर पढ्न थाले

तुलसीपुर, १९ पौष । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इंलिस बोर्डिङ स्कुलका विद्यार्थीले कितावको बिषयबस्तु अनुसार फिल्डमा गएर पढ्न थालेका छन् । जस अनुसार फिल्डमा पढ्न जाने भनेर बुधबारदेखि औपचारिक रुपमा सुरुवात गरेको विद्यालयले जनाएको छ । हिजो बुधबार सुरुको दिन पातुखोला पढ्न गएका हुन् । कक्षा ७ मा पढ्ने गौरब भुषालले खोलामै आएर पढ्न पाउँदा सजिलो गरी बुझ्न पाएको बताउनुभयो । ‘प्राकृतिक स्रोत साधनको संरक्षण, उपभोगका बारेमा खोलामै आएर पढ्न पाउँदा बुझ्न पाएका छौँ ।’ उहाँले भन्नुभयो–‘खोलामै आएर पढ्न पाउँदा खोलाको सरंक्षण गर्नुपर्ने कुरा सिकेको छु, यसबाट धेरै फाइदाहरु रहेछन् ।’ यस्तै कक्षा ७ मा पढ्ने अन्जली नेपालीले कक्षामा वातावरणको संरक्षण राम्रोसंग भएको छैन भन्ने सरले पढाउने गर्नुभएको तर आज खोलामा आएर पढ्दाखेरी वास्तविकता बुझ्न पाएको बताउनुभयो । ‘सरले कक्षा कोठामा पढाउँदा खेरी होला तो भन्ने लाग्थ्यो , सत्यकुरा फिल्डमै आउँदा झन् धेरै बुझ्ने मौका पाएको छु ।’ विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले विद्यालयले विषयवस्तु अनुसार फिल्डमै गएर पढाउन थालेको बताउनुभयो । ‘विषय अनुसार फिल्डमै गएर पढाउने सायद नेपालमा हामी नै पहिलो हौँ।’ उहाँले भन्नुभयो–‘विद्यार्थीलाई किताबी ज्ञान बन्द कोठाबाट मात्रै दिनुभन्दा विषयवस्तु अनुसार फिल्डमै गएर पढाउँदा विद्यार्थीले सहजरुपमा बुझ्ने अपेक्षा छ । पाठ्यवस्तु अनुसार फिल्डमै गएर पढाउने कार्यक्रमको बुधबार औपचारिकरुपमा शुरुवात गरेको हो । विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्राकृतिक स्रोत साधन संरक्षण समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष भण्डारीले विद्याथीलाई विषय अनुसार फिल्डमै गएर पढाउने कार्यक्रमले विद्यार्थीले बाहिरी कुराको ज्ञान सजिलोसंग हासिल गर्ने बताउनुभयो । उहाँले वातावरणको संरक्षण र उपभोग गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीलाई मोबाईल चलाउनेमात्रै नभएर मोबाईलमा विश्व समुदायमा भएका कुराको बारेमा बुझ्न आग्रह गर्नु भयो । विद्यालयका प्रधानाध्यापक वलीले विद्यालयले विद्यार्थीलाई पाठमा भएका कुरालाई वास्तविकरुपमा बुझाउनका लागि फिल्डमै गएर पढाउन कार्यको शुभारम्भ गरेको बताउनुभयो । उहाँले यस कामलाई निरन्तरता दिने बताउनु भयो ।।

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।