२०८३ कार्तिक ११ गते बुधवार

दाङका १८ हजार बालबालिका जन्मदर्ताबाट बञ्चित

सांकेतिक फोटो

तुलसीपुर, १७ पौष । दाङमा अझै पनि १८ हजार बढी बालबालिकाको जन्मदर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार दाङमा जम्मा एक लाख १५ हजार चार सय ५४ जना बालबालिका नौ वर्षमुनिका रहेका छन् । जनगणनाको तथ्याङ्कअनुसार १८ हजार एक सय ३६ जना बालबालिकाको जन्मदर्ता नभएको हो । जिल्लामा ४७ हजार ८३ जना बालबालिकाको मात्रै जन्मदर्ता भएको छ । दश पालिकामध्ये घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै बालबालिका जन्मदर्ताबाट बञ्चित रहेको तथ्याङ्कले देखाएको छ । घोराहीमा छ हजार चार सय २७ जना बालबालिकाको जन्मदर्ता हुन बाँकी रहेको छ । १२ हजार ६ सय २२ जना बालबालिकाको जन्मदर्ता भएको छ ।यस्तै तुलसीपुर उपमहानगर–पालिकामा पनि तीन हजार नौ सय १५ जना बालकालिकाको जन्मदर्ता नभएको पाइएको छ । १३ हजार एक सय ४३ जना बालबालिकाको जन्मदर्ता भएको तथ्याङ्कले देखाएको हो । लमही नगरपालिकामा एक हजार छसय २८, दंगीशरण गाउँपालिकामा छसय ४१, शान्तिनगर गाउँपालिकामा छसय ५५, बबई गाउँपालिकामा आठ सय ३३, बंगलाचुली गाउँपालिकामा नौ सय ४० जना बालबालिकाको जन्मदर्ता नभएको पाइएको हो । त्यसैगरी राप्ती गाउँपालिकामा एक हजार दुई सय सात, गढवा गाउँपालिकामा नौ सय ४८ र राजपुर गाउँपालिकामा नौ सय ३५ जना बालबालिका जन्मदर्ताबाट बञ्चित रहेको तथ्याङ्कले देखाएको हो ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।