तुलसिपुर, ८ पौष । दाङको तुलसिपुरमा युबा सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा समाजमा लैङगिक हिंसा, बाल विबाह जस्ता कार्यमा युवाको क्षमता अभिवृद्धि र भुमिकालाइ प्राथमिकता दिने उद्देश्यले सन्चालन गरिएको थियो । समाजबाद शिक्षाको विकास सिड संस्थाका अध्यक्ष राममति चौधरीको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा बाल विबाह लैङगिक हिंसा तथा सामाजिक विभेद अन्यका लागि युवाहरुको भुमिका विषयमा युवा सम्मेलनमा कार्यपत्र पेश गरिएको थियो ।
कार्यक्रममा तुलसिपुर उपमहानगरपालिका, दंगिशरण गाउँपालिका र शान्तीनगर गाउँपालिकाका युवाहरु र बालविवाह विरुद्ध काम गरिरेका युवाहरुलाई सहभागि गराइएको थियो । कार्यक्रममा बोल्ने युवाहरुले युवाहरुबाट समाजमा हुने विसंगति रोक्न प्रयास गरिरेको र युबाहरुले देशमै केहि गर्न विभिन्न कारणले बाधा पुर्याएका कारण बाहिरिनुपर्ने बाध्यता रहेको बताएका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तुलसिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अभिभावकले आफ्नो दायित्व छिटै पुरा गरिदिने सोच र गरिविका कारण बाल विबाह हुने गरेको बताउनु भयो । यस्ता कार्य रोक्न युबाहरु पनि त्यतिकै सक्रिय हुनुपर्ने र आवस्यक परेको ठाउमा व्यवसायमा टेवा पु¥याएको बताउनुभयो । समाजबाद शिक्षाको विकास सिड संस्थाको आयोजनामा भएको कार्यक्रमको सहजिकरण उमेश खरेलले गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।