तुलसीपुर, ३ पुस । तुलसीपुरको पिपलबोट ओरालो नजिकै जेब्राक्रसिङ नहुँदा सवारी दुर्घटनाको जोखिम बढेको छ । पूर्व पश्चिम हाइवयसंगै दक्षिण तर्फ न्युरोड र उत्तर तर्फ रानीजरुवा जाने सडक भएकाले उक्त क्षेत्रमा सडक वारपार गर्दा दुर्घटनाको सम्भावना बढेको स्वर्गद्धारी इट्टा उद्योगका देवेन्द्र केसीले बताउनुभयो । बसपार्क क्षेत्र भएकाले सर्वसाधारणको बढी आवत जावतसंगै सवारी साधनको चापका कारण दुर्घटनाको अत्याधिक जोखिम भएकाले तत्काल जेब्राक्रसिङ बनाउन आवश्यक रहेको केसीले बताउनुभयो । जेब्राक्रसिङ नहुँदा तीव्रगतिमा हुँइकिएका गाडीहरूले सडक पार गर्दै गरेका सर्वसाधारणलाई ठक्कर दिन सक्ने खतरा रहेको उनीहरूले बताएका छन् ।
बसपार्क हुँदै बाहिरिने र भित्रने गाडी र चोकको संगम एउटै भएकाले जोखिम बढेको पश्चिम दाङबाट सामान किनमेल गर्न बजार आउनुभएकी लिला भण्डारीले बताउनुभयो । यता ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले आर्थिक स्रोत नहुँदा जेब्राक्रसिङ बनाउन नसकेको बताउनुभयो । आवश्यकता महसुस गर्दा गर्दै पनि स्रोत नहुँदा बनाउन नसकिएको बताउँदै ट्राफिक प्रमुख देवकोटाले जेब्राक्रसिङका लागि विभिन्न विद्यालयसँग समन्वय गरिरहेको बताउनुभयो ।।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।