२०८३ कार्तिक ११ गते बुधवार

योजनामा रहेका धेरै कामहरु अधुरा हुने भयो : अध्यक्ष न्यौपाने

तुलसीपुर, ११ कात्तिक । अस्पताल विकास समिति खारेज गरेसँगै अस्पताललाई दीर्घकालीन रुपमा नकारात्मक असर पार्ने राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले बताउनु भएको छ । रेडियो प्रकृति एफएमको बहस मूलक कार्यक्रम विचार मन्थनमा कुराकानी गर्दै अस्पताल विकास समितिको कार्यकाल नसकिदै प्रदेश सरकारले समिति खारेज गरेपछि अस्पताललाई विभिन्न किसिमका प्रभाव पर्ने धारण राख्नुभयो । कुनै पनि अस्पताल विकास समितिले बनाएका योजनाहरुलाई मूर्त रुप दिन आफ्नो समायावधिसम्म काम गर्न पाउनु पर्ने बताउनु भयो । जग्गा व्यवस्थापन, नयाँ संरचना निर्माण, कर्मचारी व्यवस्थापन, सेवासुविधाको व्यवस्थापन लगायतका कामहरु गर्ने योजना थियो, उहाँले भन्नुभयो । यी कामहरु गर्न पाए विरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सकिने थियो कि भन्ने सोच थियो तर समिति नै प्रदेश सरकारले खारेज गरेपछि आफ्नो कार्यकालमा गर्नु पर्ने धेरै कामहरु अधुरा रहेको उहाँको भनाइ छ । लुम्बिनी प्रदेश सरकारले यही कात्तिक १ गते बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निणर्य गरेको थियो । यो संगै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सहित लुम्बिनी प्रदेशमा रहेका १३ प्रादेशिक अस्पताल विकास समिति खारेज भएका छन् । मापदण्ड बिना अस्पताल विकास समिति गठन भएकाले खारेज गरिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।