२०८३ कार्तिक ११ गते बुधवार

जन्मन नपाउँदै मृत्युको मुखमा पुग्दै गर्भावस्थाका शिशु

दाङ, १५ असोज । वितेको तिन आर्थिक वर्षमा दाङमा २ सय ३४ जना शिशुको जन्मदै (जन्मिनका लागि समय अवधि पुगेका वा नपुगेका गर्भावस्थामै) मृत्यु भएको छ भने जन्मपश्चात (जन्मेको केही समयमा) ७४ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुने शिशुको संख्या जिल्लामा सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङको सुरक्षित मातृत्व कार्यक्रको रिपोटले देखाएको छ । उक्त रिपोटले दंगीशरण गाउँपालिकामा भने यस्तो तथ्यांक शुन्य रहेको देखाएको छ । तथ्याँक अनुसार घोराहीमा तिन वर्षको अवधिमा ९७ जना शिशुको जन्मिदै मृत्यु भएको छ भने १४ जना शिशुको जन्मेको केही समयमा मृत्यु भएको छ । तुलसीपुरमा जन्मिदै ८९, जन्मपश्चात २२, लमही नगरपालिकामा जन्मिदै १५, जन्मपश्चात ८, राप्ती गाउँपालिकामा जन्मिदै १५ जन्मपश्चात ५ शिशुको मृत्यु भएको छ । यसैगरी गढवामा जन्मिदै ८ जन्मपश्चात ३, राजपुरमा जन्मिदै ७ जन्मपश्चात १४, बंगलाचुलीमा जन्मिदै २ जन्मपश्चात ६, बबईमा नजन्मिदै ३ जन्मपश्चात १ शिशुको मृत्यु भएको तथ्यांक रहेको छ । शान्तिनगरमा जन्मिदै मृत्यु भएका शिशुहरुको संख्या शुन्य र जन्मपश्चात १ शिशुको मृत्यु भएको तथ्याँकमा उल्लेख गरिएको छ ।

यस्तै राप्ती प्रोशिक अस्पतालको तथ्यांकमा मात्रै वितेको तीन वर्षमा ८५ जना शिशु जन्मिदै र १७ जना शिशु जन्मेको केही समयमा नै ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा जन्मिदै ३८ जन्मपश्चात ६ जना, आव २०७८÷०७९ मा जन्मिदै २७ जन्मपश्चात ९ र आव २०७९÷०८० मा जन्मिदै २० जन्मपश्चात २ जना शिशुको मुन्यु भएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा मृत्यु हुने शिशुहरुको संख्या जन्मदै ७२ र जन्मपश्चात २१ रहेकोमा सबै भन्दा धेरै तुलसीपुरमा ३८ जना शिशुको जन्मिदै मृत्यु भएको छ भने जन्मपश्चात ६ शिशुको मृत्यु भएको छ । यस्तै घोराहीमा जन्मिदै २०, जन्मपश्चात ३, लमही नगरपालिकामा जन्मिदै ५ जन्मपश्चात ४, राप्ती गाउँपालिकामा जन्मिदै २ जन्मपश्चात ३, गढवामा जन्मिदै ३, जन्मपश्चात २, बंगलाचुलीमा जन्मिदै १, जन्मपश्चात २, बबईमा नन्मिदै २ जन्मपश्चात १, राजपुरमा जन्मिदै १ शिशुको मृत्यु भएको छ भने शान्तिनगरमा शुन्य रहेको छ । यस्तै २०७८÷०७९ मा जन्मिदै ८४ र जन्मपश्चात ३५ जना रहेकोमा सबै भन्दा धेरै जन्मिदै मृत्यु भएका शिशुको संख्या घोराहीमा र जन्मपश्चात राजपुरमा रहेको छ । तुलसीपुरमा जन्मिदै ३०, जन्मपश्चात १३, घोराहीमा जन्मिदै ३६, जन्मपश्चात ३, लमही नगरपालिकामा जन्मिदै ७ जन्मपश्चात २, राप्ती गाउँपालिकामा जन्मिदै ५ जन्मपश्चात १, गढवामा जन्मिदै १, जन्मपश्चात १३, राजपुरमा जन्मिदै ३ जन्मपश्चात १४, बंगलाचुलीमा जन्मिदै ३, जन्मपश्चात शुन्य, बबईमा नन्मिदै शुन्य जन्मपश्चात १ शिशुको मृत्यु भएको तथ्यांक रहेको छ भने शान्तिनगर र दंगीशरणमा शुन्य रहेको छ । यसैगरी आव २०७९÷०८० मा जन्मिदै ७८ र जन्मपश्चात १८ शिशुको मृत्यु भएकोमा सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा जन्मिदै २१ र जन्मपश्चात ८ शिशुको मृत्यु भएको छ । तुलसीपुरमा जन्मिदै २१, जन्मपश्चात ३, लमही नगरपालिकामा जन्मिदै १ जन्मपश्चात २, राप्ती गाउँपालिकामा जन्मिदै ८ जन्मपश्चात १, गढवामा जन्मिदै ३, जन्मपश्चात शुन्य, राजपुरमा जन्मिदै ३ जन्मपश्चात शुन्य, बंगलाचुलीमा जन्मिदै १, जन्मपश्चात ३, शान्तिनगरमा जन्मपश्चात १ शिशुको मृत्यु भएको छ भने बबई र दंगीशरणमा शुन्य रहेको छ । वितेको तीन आर्थिक वर्षमा दंगीशरण गाउँपालिमा यसरी मृत्यु हुने शिशुहरुको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाए बमोजिम रै रहेको दंगीशरण गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक राजेन्द्र हमालले बताउनुभयो । पालिकाको बर्थिङ सेन्टरमा वितेको तीन आवमा यस्तो घटनाहरु नघटेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘कहिँकतै हुनसक्छ, हुँदै नभएको भन्न सकिदँैन तर पालिकामा रहेका बर्थि सेन्टरमा यस्तो समस्या भेटिएको छैन ।’ बच्चा जन्मिने समयावधि पुगेका वा नपुगेका महिलाहरुमा यस्तो अवस्था भएमा धेरै जसो पालिका भन्दा बाहिर सेवा लिने भएकाले यस्तो नभेटिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सेवासुविधा पालिका भन्दा बाहिर जाँदा राम्रो हुने भएकाले पनि सुत्केरी सेवा लिनका लागि पालिका भन्दा बाहिर जाने भएकाले शुन्य तथ्यांक रहेको छ । कतिपय गर्भवती महिलालाई अवस्था हेरेर पालिकामा रहेका स्वास्थ्य संस्थाहरुले नै बाहिर जान सल्लाहसुझाव दिने गरेको उनको भनाई छ । कोही रोजगारीको शिलशीलामा पालिका भन्दा बाहिर बस्ने र उतै सेवा लिने, कोही निजि अस्पतालमा जाने गरेका कारणले पनि यस्तो तथ्याँक रहेको उहाँको भनाइ छ । यस्तै राप्ती प्रोशिक अस्पतालको तथ्यांकमा मात्रै वितेको तीन वर्षमा ८५ जना शिशु जन्मिदै र १७ जना शिशु जन्मेको केही समयमा नै ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा जन्मिदै ३८ जन्मपश्चात ६ जना, आव २०७८÷०७९ मा जन्मिदै २७ जन्मपश्चात ९ र आव २०७९÷०८० मा जन्मिदै २० जन्मपश्चात २ जना शिशुको मुन्यु भएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ । राप्ती प्रादेशिक अस्पतालका वरिष्ठ महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर विनोद सिंहले गर्भावस्थालाई पहिलो, दोस्रो र तेस्रो तिन महिनामा विभाजन गरि हेर्ने गरिएको बताउनुभयो । गर्भवती महिलाले गर्भावस्थामा पु¥याउनु पर्ने ध्यान पु¥याउन नसकेमा र कहिलेकाँही अञ्जानमा पनि गर्भ खेर जान सक्ने सम्भावना रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘पहिलो तीन महिनामा गर्भ खेर जानुको कारण वंशानुगत रोगहरु भएमा, बच्चाहरु अपांग हुने जस्तो भयो भने खेर जान्छ, यस्तै दोस्रो तीन महिनामा सुगर, थाइराइड, पाठेघरको मुख सानो र खुकुलो भएकाले पाठेघरको मुख खुल्छ र खेर जान सक्छ । तेस्रो तिन महिनामा नालहरु घाँटीमा बेरिने, नालहरु आफैँ बाँधिने, वच्चाले दिशा खाने, शवासप्रश्वासमा समस्या आउने, एक्सरे मार्फत पत्ता नलाग्ने रोग तथा समस्या हुने जस्ता कारणले बच्चाको ज्यान जाने गर्छ।’ जन्मपश्चात वच्चाको जन्मिने समय नपुगेको, हर्मोनको समस्या, सालनाल घाँटीमा बेरिएको हुँदा जन्मिने वेला निसास्सिने, रुन नसक्ने, फोक्सोका परिपक्व नहँुदा सास फेर्न नसक्ने समस्या, गर्भावस्थामा हुँदा थाहा नहुने रोगहरु जस्तै मुटु रोगहरु भएको हुने जस्ता कारणले शिशुको मृत्यु हुने गरेको डाक्टर सिंहले बताउनुभयो । यस्ता समस्याबाट बच्न गर्भवती महिलाले धेरै कुराहरुमा ध्यान दिनु पर्ने डाक्टर सिंहको भनाइ छ ।‘प्रोटोकल अनुसारको ८ पटक चेकजाँच गर्ने, समयसमयमा गर्भवती महिलाहरुले रगतहरुको जाँच गर्ने, कस्तो खानेकुराहरु खाने, गर्भावस्थामा गर्ने श्रम भन्ने जस्ता कुराहरुमा ध्यान दिनसके यस्ता समस्याबाट बच्न सकिने बताउनुभयो ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।