दाङ, ११ भदौ । जग्गा अतिक्रमण गरेर निर्माण गरिएका ३ वटा पक्की भवन तुलसीपुर उपमहानगरपालिकाले हटाएको छ । उपमहानगरको ५(घ) को ८१२ नम्बर कित्तामा टेक बहादुर खडका, शेरबहादुर बिक र अमर बिकले निर्माण गरेका दुईतले ३ वटा पक्की घर उपमहानगरले हटाएको हो । भवनहरू उपमहानगरसँग सटाएर निर्माण गरिएका थिए ।
‘वर्षौँदेखि पक्की घर हालेर बस्दै आएका स्थानीयलाई त्यहाँबाट हटाउँदा ठूलै विवाद र झडप हुन्छकी भन्ने लागेको थियो । तर नेतृत्वको विवेकपूर्ण निर्णयले त्यो अवस्था आएन । यो सकारात्मक कुरा हो ।’ तुलसीपुर उपमहानगरपालिका सूचना अधिकारी बाबुराम न्यौपानेले भन्नुभयो ।
पहिलो चरणमा उपमहानगरको परिसरमा निर्माण गरिएका अतिक्रमित भवन हटाएकाले अव दोस्रो चरणमा अन्य ठाउँका घर टहरा हटाउने सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।
प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।