तुलसीपुर, २७ साउन । जन्मजयन्तीका अवसरमा नेपाल मानव धर्म सेवा समिति तुलसीपुरलाई एक कार्यक्रमको आयोजना गरेर ३५ हजार बराबारको विभिन्न सामग्री सहयोग गरिएको छ । स्वर्गीय ज्योती डाँगीको जन्मजयन्तीको अवसरमा उहाँका वुवा निमबहादु डाँगी र आमा पार्वता डाँगीले नगद १० हजार सहित खाद्यन्न, सिरक डसना, सिरानी, कम्बल, तकिया, मुढा, छाता, लगायत ३५ हजार बराबरको सामग्री सहयोग गर्नुभएको हो ।
तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा निवासी ज्योतिको जन्म २०४८ साउन २३ गते भएको थियो भने मृत्यु २०७९ कार्तिक ७ गते भएको थियो ।
सो अवसरमा ज्योतिको जीवनीका विषयमा आमा पार्वता डाँगीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा महात्मा चन्द्रकान्ता बाइजी, पत्रकार ओपेन्द्र बस्नेत, बन्दना बुढामगर, खगेन्द्र वली, सुर्य थपा लगायतले आआफ्ना भनाइ राखेका थिए ।
प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।