२०८३ मङ्सिर १० गते बिहिवार

दिगो वन, गोठ व्यवस्थापन तथा वृक्षारोपण सम्बन्धी अभिमुखीकरण कार्यक्रम तुलसीपुरमा सम्पन्न

१० साउन,तुलसीपुर । दिगो वन,गोठ व्यवस्थापन तथा वृक्षारोपण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज तुलसीपुरमा समपन्न भएको । वन्यजन्तु संरक्षण संघ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा आफ्नो कार्य क्षेत्र भित्र पर्ने तुलसीपुर उपमहानगरपालिकाका वडा नं ३,४,१८ र १९ का दशवटा सामुदायीक वन उपभोक्ता समितिका कार्यसमिति र उपभोक्ताहरुलाई अभिमुखीकरण दिईएको नेपाल वन्यजन्तु संरक्षण संघ नेपाल जिल्ला प्रतिनिधि खेमलाल महतराले जानकारी दिनुभयो ।

आजको अभिमुखिरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं.३ का भैरव सामुदायिक वन,भगवती सामुदायिक वन,सम्झना सामुदायिक वन र वडा नं. ४ को विरेन्द्र समुदायिक र तारेपहरा सामुदायिक वनका २४८ जनाको सहभागीता रहेको थियो । यस्तै आजको उद्घाटन कार्यक्रमका प्रमुख अतिथिमा ग्रिन फाउन्डेसनका अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम पण्डे,र समापन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का,र वडाका जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

हिजो तुलसीपुर उपमहानगरपालिकाका वडा नं ४ को गाडिबराहा सामुदायीक वन,१९ को शान्तिकर्मकोट सामुदायीक वन,१८ र १९ को कालिका मालिका किसान जलुके सामुदायीक वन,यस्तै १८ मा रहेको अम्मखोली सामुदायीक वन र १९ मा रहेको मान्द्रेकोट सामुदायीक वनका गरी २३२ जनालाई अभिमुखीकरण तालिम दिईएको थियो । २ दिन सम्म संचालन भएको कार्यक्रममा वन वातावरण प्राविधिक,जलवायु विज्ञ,पशु चिकित्सक लगाएतले प्रशिक्षण दिनुभएको थियो । वन्यजन्तु संरक्षण संघ नेपालकाका डाइरेक्टर संजीवनी योञ्जनको अध्यक्षतामा भएको उक्त अभिमुखीकरण कार्यक्रमको सञ्चालन नेपाल वन्यजन्तु संरक्षण संघ नेपाल जिल्ला प्रतिनिधि खेमलाल महतराले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।