२०८२ चैत्र २० गते शुक्रवार

एमाले कार्यकर्ता र प्रहरीबिच झडप, एकजना घाइते, ९ जना पक्राउ

काठमाण्डौँ, १५ चैत ।  एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ विरुद्ध माइतीघरमा प्रदर्शनमा उत्रिएका एमालेका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेका एमाले कार्यकर्तालाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

झडपमा प्रहरीले लाठी चार्ज गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । एक जना घाइतेको टाउकोमा चोट लागेको छ । घाइतेलाई एभरेस्ट अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो । सो क्रममा नौ जना पक्राउ परेको उहाँ बताउनुभयो ।।

प्रकाशित मिति : २०८२ चैत्र १५ गते आइतवार
प्रतिक्रिया