काठमाण्डौँ, १८ चैत । प्रहरी वृत्त मालीगाउँ काठमाण्डौमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिएबापत र मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई हिजो पक्राउ गरेको हो ।
घुसबापतको रकम र एक थान मोबाइल सहित राउतलाई काठमाण्डौ महानगरपालिका–५ गहनापोखरीबाट समातेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।।
प्रकाशित मिति : २०८२ चैत्र १८ गते बुधवार




